• Monday 5th of October 2026

माग्ने बूढा’को व्यंग्य: ‘कुलमानलाई भुलमान, सालोलाई पालो’


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ।

मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा पाइरहेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन्।

यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानलाई भुलमान, सालोलाई पालो।’

सरकारले कुलमानलाई हटाउनासाथ सोमबार नै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ। शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको साला पर्ने चर्चा छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖