• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एसईईमा विज्ञान विषयको परीक्षा बिग्रिएपछि घरको कोठामै झुण्डिएर मृत्यु


  • धनकुटा खबर
  • .

बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईई दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् ।

जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् ।

डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् । उनका बुबा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖