• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इटहरीको सेन्टर प्लाजाको आगलागीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार माथिल्लो तलामा फसेकाहरूको संख्या यकिन छैन ।

सशस्त्र प्रहरीले भने ५ जनाको उद्धार गरिसकेको छ । सशस्त्र प्रहरीले डोरीको सहायताले उद्धार गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖