• Sunday 29th of November 2026

फेरि बढाइयो सिमेन्टको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । उद्योगीहरूले फेरि सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँ बढाएका छन् । दुई दिनदेखि सिमेन्टको मूल्य ४० रुपैयाँ बढीले मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपीसी र पीपीसी दुवै किसिमका सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढेको जानकारी दिए ।

‘ओपीसी र पीपीसी दुवै सिमेन्टको मूल्य थप ४० रुपैयाँ बढेको छ । अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य ६३० देखि ८०० रुपैयाँसम्म पुगेको छ ,’ उनले भने,‘पीपीसी सिमेन्ट ५९० देखि ६५० सम्म पुगेको छ ।’ दुईदिनअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ थियो । मूल्य ५५० देखि ६०० रुपैयाँसम्म थियो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य बढाएको स्वीकार गरेका छन् । उनले लोडसेडिङ बढेको कारण मूल्य बढाएको बताए । ‘विद्युत कटौतीको कारणले मूल्य बढाइएको हो । १२ घण्टा लोडसेडिङ हुँदा ठूलो नोक्सानी भएको छ,’ अध्यक्ष मारुले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖