• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माइतीघरबाट पक्राउ परेका अमेरिकन काठमाडौँ परिसरको हिरासतमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको माइतीघरबाट कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गर्ने एक जना अमेरिकन नागरिक बिहीबार पक्राउ परे । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोपमा उनी पक्राउ परेका हुन् । विदेशी नागरिक १५० दिनभन्दा बढी बसेको भेटिए अध्यागमन विभागले निष्कासन गर्न सक्ने कानुनी व्यवस्था छ ।

जुलियन १५० दिनभन्दा थोरै समय बसेको भेटिएको हुनाले उनलाई के गर्ने भन्नेबारे निर्णय नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘जुलियन मानसिक रूपमा विक्षिप्त देखिन्छन्, कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय भएको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖