• Monday 5th of October 2026

ज्यान मार्ने धम्कीबारे सलमान भन्छन्– जति उमेर लेखिएको छ, त्यति जिउने हो


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खानलाई बेलाबेला ज्यान मार्ने धम्की आइरहन्छ।
यसैबीच उनले आफूलाई आइरहने धम्कीबारे पहिलोपटक सञ्चारमाध्यममा बोलेका छन्। हालै आफ्नो फिल्म ‘सिकन्दर’ को प्रचारका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनलाई आउने ज्यान मार्ने धम्कीबारे प्रश्न गरिएको थियो।

जबाफमा सलमानले भनेका छन्, ‘भगवान, अल्लाह सबै कुरा उनमै निर्भर छ। जति उमेर लेखिएको छ, त्यति जिउने हो। बस कुरा यही हो।’
सुरक्षाकर्मी बढाएको बारेमा सलमान भन्छन्, ‘कहिले काहीँ यति धेरै व्यक्तिसँग हिड्न गाह्रो हुन्छ।’

सन् २०२३ मा लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आएपछि उनको सुरक्षा बढाइएको थियो।

यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘सिकन्द’ को प्रदर्शनको तयारीमा छन्। एआर मुरुगादोसले निर्देशित फिल्ममा सलमान र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। यो फिल्म इदमा रिलिज हुँदैछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖