तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम रिपोर्टले उनको शरीरमा एक गोली लागेको देखाएको छ।
त्रिवि शिक्षण अस्पतालमा भएको पोस्टमार्टम अनुसार, गोली उनको दायाँ हातको कुहिने नजिकबाट पसेर कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ।
१५ चैतमा राजावादी आन्दोलनका क्रममा गोली लागेर उनको ज्यान गएको थियो। पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने तयारी छ।
