• Friday 30th of October 2026

रास्वपा सांसद गौतमले मागिन् गृहमन्त्री लेखकको राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकी छन् ।

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको दाबी गर्दै सांसद गौतमले राजीनामा माग गरेकी हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा सरकारको कमजोरीको भएको उनको दाबी छ । ‘उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ ।

अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ,’– संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖