काठमाडौँ – तलव नबढ्ने भएपछि सरकारी कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । बाहिर संघीय निजामती कर्मचारी ऐन तत्काल जारी गर्नुपर्ने लगायत १० बुँदे माग आगाडि सारेपनि भित्री रुपमा तलब बढाउनु पर्ने उनीहरुको माग छ ।
पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पाँच बर्षसम्म सामाजिक सुरक्षा भत्तासहित कर्मचारीको तलब नबढाउन सुझाव दिएको थियो ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
लामो समय बितिसक्दा पनि सङ्घीय शासन प्रणाली कार्यान्वयनका लागि आवश्यक ऐन जारी नहुँदा सार्वजनिक प्रशासन अन्योल बनेको निष्कर्षसहित कर्मचारी संगठनले आन्लोदनकोघोषणा गरेका हुन् ।
संघीय निजामती सेवाको गठन, संञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्बाट निर्णय भएको करिब छ महिनापछि संघीय संसदमा पेस भएको थियो ।
उक्त विधेयक संसदमा सैद्धान्तिक छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा अर्को ६ महिनापछि छलफल सुरु भएको थियो । समितिमा छलफल सुरु भए पनि राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले केही असहमतिसहित समितिलाई पेस गरेको प्रतिवेदनसमेत समिति र संसदमा पेस नहुँदै संसदको अधिवेशन अन्त्य भएको भन्दै कर्मचारी संगठनले शंका व्यक्त गरेका छन् ।अत्यावश्यक ऐन जारी गर्द ढिलाइ गर्नुले सरकारले गम्भीर रुपमा चासो नदिएको उनीहरुको आरोप छ ।
