• Thursday 29th of October 2026

शिक्षक–कर्मचारीको विरोधपछि प्रहरीको सहयोगमा बाहिरिए महासंघका अध्यक्ष


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुगेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिएका छन् ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउने कार्यक्रम राखिएको थियो ।

कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका हुन् ।

सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।

उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

जसका लागि अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖