• Thursday 29th of October 2026

धरौटी बदरको मागसहित दायर रविको निवेदनमा उच्च अदालतले दियो यस्तो आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

न्यायाधीश शान्ता सेढाइँको इजलासले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
२०८१ माघ २४ गते जिल्लाले लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी मागको आदेश बदरको माग गर्दै लामिछानेले उच्चमा निवेदन दिएका थिए ।

धरौटी बुझाएपछि लामिछाने सोही दिन रिहा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖