• Wednesday 28th of October 2026

एमालेबाट जितेका नगरपालिकाका उपमेयर कांग्रेसमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं – एमालेका नेतासमेत रहेका बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोहरालाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बाजुराका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेस बाजुराका सभापति रामसिंह रावल, नेताहरू जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाहसहित प्रवेश कार्यक्रमका सहभागी थिए ।

स्वतन्त्र बनेर एमालेको समर्थनमा उप–प्रमुखमा विजयी भएका बोहराले कांग्रेसकी उपप्रमुखकी उम्मेदवार रीता शाहीलाई हराएर विजयी भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने शर्तसहित बोहराले नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖