• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानद्वारा जम्मूको आवासीय क्षेत्रमा आक्रमण


  • धनकुटा खबर
  • .

भारतीय भूभाग जम्मू शहरको रेहरी कोलोनीमा पाकिस्तानले आक्रमण गरेको समाचारहरुमा जनाइएको छ ।

बीबीसीले स्थानीयहरूलाई उदृत गर्दै आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको जनाएको छ । पहिलो पटक शहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरेर सो आक्रमण भएको स्थानीयको भनाइ छ ।

स्थानीय बासिन्दा राकेश गुप्ताले भने, ‘ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो। अहिले जताततै डर र त्रासको वातावरण छ। पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ?’

शुक्रबार राति भएङ्घको टनामा केही मानिसहरु घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ। घटनापछि जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह घटनास्थलमा पुगेका थिए, तर लडाकु विमानहरू माथि उड्न थालेपछि उनी हतारहतार त्यहाँबाट बाहिरिएका थिए ।

यसैबीच जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट पाकिस्तानले प्राप्त गरेको १ अर्ब अमेरिकी डलरको कोषमाथि प्रश्न उठाएका छन्।

उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘आईएमएफले पाकिस्तानको हतियार र गोला बारुदलाई आर्थिक सहयोग गरिरहेको छ । जुन रहम उसले पुंछ, राजौरी, उरी, तंगधार र अन्य धेरै ठाउँहरूमा आक्रमण गर्न प्रयोग गरिरहेको छ।’

भारत-पाकिस्तान तनावको बीचमा, शुक्रबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरको कोष दिएको थियो ।

पाकिस्तानलाई ऋण दिने पक्षमा भएको मतदानमा भारतले भने भाग लिएको थिएन। पाकिस्तानको कमजोर ट्र्याक रेकर्डलाई उद्धृत गर्दै भारतले पाकिस्तानले राज्य-प्रायोजित सीमापार आतंकवादको लागि आएमएफ कोषको दुरुपयोग गर्न सक्ने आशंका गरेको छ ।

भारतले पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा हमला गरेको थियो । पाकिस्तानले पनि अहिले औपचारिक रुपमा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारत र पाकिस्तानबीच पटक पटक एकअर्काविरुद्ध मिसाइल तथा ड्रोन आक्रमण भइरहे‍का छन् । जसमा भौतिक र मानवीय क्षति भएका छन् भने विश्वको ध्यान यसतर्फ केन्द्रित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖