• Wednesday 28th of October 2026

वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौँ । माओवादी केन्द्र निकट वाईसीएल नेपालको काठमाडौँ महानगरस्तरीय पहिलो नगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट डा.शुभेच्छा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छन्।

यो वाइसीएल काठमाडौँ महानगरको इतिहासमै पहिलो औपचारिक सम्मेलन गरेर नेतृत्व निर्वाचित गरिएको हो। काठमाडौँमा जन्मिएकी डा.श्रेष्ठले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कूल, गोदावरीबाट र राजीव गान्धी विश्वविद्यालय, भारतबाट चिकित्सा शिक्षा पूरा गरेकी हुन्।

कमिटीमा विकास प्रजा, युगीन शर्मा र अनिल दवाडी उपाध्यक्ष निर्वाचित भएका छन्। कमल सुवेदी सचिव र प्रवीण शर्मा तथा कुमार कुँवर सह–सचिवमा चयन भएका छन्। त्यस्तै, विप्लव ताम्राकार कोषाध्यक्षमा निर्वाचित भएका छन्। सम्मेलनबाट जम्मा ४५ सदस्यीय महानगर समिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताइन् ।

सम्मेलनमा पार्टी केन्द्री सदस्य तथा महानगर अभियान प्रमुख सुनिल मानन्धर, केन्द्रीय सदस्य अनिल शर्मासहित पदम जोशी, मिना तामाङ, अमर बहादुर तामाङ, सीता दाहाल, ललित श्रेष्ठ, नवराज ऐर, सन्तोश गुरुङ, सबिन सिग्देल, दिलिप सिंहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖