• Wednesday 28th of October 2026

दुई वटा गभर्नर र नोटमा आ–आफ्नो चुनाव चिन्ह राख्न कांग्रेस–एमालेलाई हरि ढकालको सुझाव


  • धनकुटा खबर
  • .

ठमाडौं, १ जेठ । रास्वपाका सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई वटा गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस भन्छु । चल्या छ लडाईं, दुई वटा गभर्नर बनाउनुस न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को कामपनि गर्नुहोस यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस ।’

अबको ३१ महिनापछि आम नागरिकले नसहने उनको भनाई छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले अहिले नेपालमा दलीयकरणको अभ्यास भएकोमा निन्दा व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖