• Wednesday 28th of October 2026

सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो : मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै व्यंग्य गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन लगातार झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमार्फत सरकार र जनता दुवैतिर कटाक्ष गरेका छन्।

‘देशनै डुबाउँदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ’ उनले लेखेका छन्, ‘हेप्ने सरकारलाई?’

हिजोदेखि देशैभर झ्यापझ्याप बिजुली जान थालेपछि सामाजिक सञ्जालमार्फत सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖