• Wednesday 28th of October 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्र बुढाथोकीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ जेठ । दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖