• Wednesday 28th of October 2026

कुलमानको काम गर्ने शैलीले कान्छाराम छक्क !


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको काम गर्ने क्षमता देखेर आफू छक्क परेको प्रतिक्रिया दिएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले गत पुसमा ऊर्जा मन्त्रालयमा बैठक चलिरहँदा एउटा ट्रान्समिटर पड्किएको खबर आएको र त्यतिबेलै घिसिङले देखाएको सक्रियताले आफू छक्क परेको बताए ।

तामाङ गत वैशाख १० गतेमात्रै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्रीबाट बर्खास्तीमा परेका थिए । उक्त ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसकै खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

त्यसअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बर्खास्तीमा परेका थिए । घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै आएका तामाङ पछि आफैं बर्खास्तीमा परेका थिए ।

घिसिङबारे तामाङले राखेको भनाइ जस्ताको तस्तैः
बिहान ६ बजेबाट हरेक ठाउँमा फोन गर्नुहुन्थ्यो रे, काम गनुहुन्थ्यो रे । म एकदिन कुलमानजीसँग छक्क परेँ । पुसको समयमा होला । जाडो महिना थियो । ऊर्जा मन्त्रालयमा मिटिङ थियो । एउटा ट्रान्समिटर पड्कियो । उहाँले हत्त न पत्त फोन गर्नुभयो । अर्कोमा चेन्ज गरिहाला भन्नुभयो । १५ मिनेटमा त्यहाँ काम भयो । यस्तो चिजलाई दिमाग धेरै लगाउन सकियो भने काम हुन्छ । एकोहोरो गरेर, एमडी भएको छ, मन्त्री भएको छ भन्ने कुराले हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖