• Wednesday 28th of October 2026

रेशमलाल चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा कारागार पठाउने महिमान छुटे धरौटीमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ जेठ । काठमाडौं जिल्ला अदालतले महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले लिखत सम्बन्धी कसूरमा महिमानलाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

गत वैशाख १७ गते उनले आफूखुसी कागज तयार पारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा कारागार पठाएका थिए ।

सर्वोच्च प्रशासनले पछि महिमानले तयार पारेको उक्त पत्र आधिकारिक नरहेको बताउँदै रेशमलाई पक्राउ गरेको भए तत्काल रिहा गर्न अर्को पत्र तयार गरेको थियो । उक्त प्रकरणपश्चात महिमान सोही बेलुका पक्राउ परेका थिए । विष्ट अदालतले मागेको धरौटी बुझाएर छुटिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖