• Wednesday 28th of October 2026

बिहीबार उपस्थित हुने गरी छाडिए सहसचिव भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ ।

मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो ।

‘भोलि बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको हो,’अख्तियार अनुसन्धान अधिकृतले भने ।

अख्तियार स्रोतका अनुसार उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो भने अख्तियारमा पनि उजुरी परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖