• Wednesday 28th of October 2026

रबिको रिट आज पनि हेर्दा हेर्दैमा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनिवाइ निरन्तर चलिरहगेको छ। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकोले यो रिटमाथि सुनुवाइ भएको थिएन।

आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए।

त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन्। बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्।

भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि जवाफी बहस हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖