• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका सांसद र कूटनीतिज्ञसहितको प्रतिनिधिमण्डल लिएर रूस गएको विमान मस्को विमानस्थलमा युक्रेनको ड्रोन आक्रमणबाट मुस्किलले जोगिएको छ ।

यस विमानमा डीएमके पार्टीकी सांसद कनिमोझी सवार थिइन्। ड्रोन आक्रमणका कारण यो विमान मस्को विमानस्थलमाथि धेरै घण्टासम्म घुमिरह्यो। धेरै घण्टाको ढिलाइ र सुरक्षा अवस्थाको मूल्याङ्कन पछि, विमान अन्ततः मस्को विमानस्थलमा अवतरण भयो।

अपरेशन सिन्दूरमा भारतको अडानबारे अन्य देशलाई बुझाउन भारतका सांसद र कूटनीतिज्ञ सहभागी ८ जनाको प्रतिनिधिमण्डल विभिन्न देशहरूमा गइरहेका छन्। भारतबाट रुस गएको प्रतिनिधिमण्डलमा द्रमुक सांसद कनिमोझी, समाजवादी पार्टीका सांसद राजीव राई, जम्मु कश्मीर नेशनल कन्फरेन्सका सांसद मियाँ अल्ताफ अहमद, राजदका सांसद प्रेमचन्द गुप्ता, भाजपाका सांसद क्याप्टेन ब्रिजेश चोटा, आम आदमी पार्टीका सांसद अशोक कुमार मित्तल र राजदूत मञ्जीव सिंह पुरी र अर्का राजदूत जावेद अशरफ रहेका छन् ।

सांसद कनिमोझीको नेतृत्वमा सांसदहरूको प्रतिनिधिमण्डल मे २२ मा रूस प्रस्थान गरेको थियो। यो प्रतिनिधिमण्डल चढेको विमान मस्को विमानस्थलमा अवतरण गर्न समस्या भएको थियो। युक्रेनले रुसको मस्को विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖