• Wednesday 28th of October 2026

भिजिट भिसा काण्ड : रवीलाई राजीनामा माग्नेहरू अब लेखकप्रति किन मौन?


  • धनकुटा खबर
  • .

काठमाडौ । रवी लामिछाने गृहमन्त्री हुँदा “प्रमाण लुकाउन सक्ने हैसियत” भन्दै सदनभर राजीनामाको चर्को माग उठेको थियो। अन्य दलका नेताहरूले समेत गृहमन्त्रालयमा बस्ने व्यक्तिले छानबिनमा प्रभाव पार्न सक्ने भन्दै उनीमाथि दबाब दिएका थिए।

तर अहिले भिसा काण्ड आरोप गृहमन्त्री रमेश लेखकमाथि लाग्दा सत्तारुढ कांग्रेसभित्रै मौनता छ। लेखकको सचिवालयका सदस्य नै भिजिट भिसा सेटिङमा मुछिएका छन्, तर उनले “कर्मचारीको गल्तीमा म किन राजीनामा दिने?” भन्दै अडान लिइरहेका छन्।

यही अवस्थामा कांग्रेसका दुई प्रभावशाली महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने कुराले नै उनीहरूको राजनीतिक साख पनि निर्धारण गर्नेछ। रवीलाई कटघरतिर उभ्याउनेहरू, अब लेखकप्रति पनि उस्तै नैतिक मापदण्ड अपनाउने कि होइनन् ? यही प्रश्नले अहिले कांग्रेसभित्र समेत बहस सुरु गराएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “अब गगन थापा र विश्वप्रकाश शर्माले स्पष्ट कदम चाल्नुपर्ने बेला आएको छ। यदि उनीहरू शुद्ध शासन र जवाफदेहिताको पक्षमा छन् भने रमेश लेखकमाथि पनि रवीझैँ व्यवहार गर्नुपर्छ। नत्र उनीहरूको नैतिकतामाथि नै प्रश्न उठ्नेछ।”

संक्षेपमा, सत्ता र सिद्धान्तबीचको द्वन्द्व अब कांग्रेसकै काँधमा आइपुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖