• Wednesday 28th of October 2026

गृहमन्त्रीमाथिको प्रहार जायज नरहेको कांग्रेस-एमाले निष्कर्ष


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफलले गृहमन्त्री रमेश लेखकमाथिको प्रहार जायज नरहेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो।

बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री लेखकमाथि भइरहेको प्रहार जायज नभएको दुई दलका नेताहरूको धारणा थियो।

यस्तै बैठकले आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा समेत छलफल गरेको थियो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, ग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, हमन्त्री रमेश लेखक, र्थमन्त्री विष्णु पौडेल, रराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖