• Wednesday 28th of October 2026

गृहमन्त्रीविरुद्ध प्रतिपक्षी सांसद संसद्मा आक्रमक देखिँदा आले र श्रेष्ठलाई हाइसन्चो


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको र उनले राजीनामा दिएर मार्ग प्रशस्त गनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गरेका छन् ।

आज (मंगलबार) ११ बजेबाट सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदहरुले अवरोध गरेका थिए ।

सबै सांसदहरुले अवरोध गरेसँग सभामुख देवराज घिमिरेले संसद् बैठक आधा घण्टाको लागि स्थगित गरे ।

तर, रोचक के देखियो भने सबै प्रतिपक्षी दलका सांसद उभिएर गृहमन्त्रीको विरोध गर्दैै राजीनामा मागिरहँदा एकीकृत समाजवादीका दुई सांसद कृष्णकुमार श्रेष्ठ र प्रेम आलेले भने कुनै प्रतिक्रिया जनाएनन् । अरु सांसदले उठेर नाराबाजीमै उत्रिँदा पनि उनीहरु आनन्दले बसेर दृष्यावलोकन गरिरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖