• Wednesday 28th of October 2026

विप्लवको सहकारीले उत्पादन गरेको २ लाख किलो आलु किनेपछि विनोद चौधरीले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उद्योगहरूका लागि कच्चा पदार्थका रूपमा आवश्यक कृषि उत्पादन देशभित्रबाट आपूर्ति गर्न सके अर्थतन्त्रको जग बलियो हुने बताएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनश्रम कृषि सहकारी संस्थाले उत्पादन गरेको आलु सीजी फुड्सले किनेको उदाहरण प्रस्तुत गर्दै चौधरीले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै चौधरीले भने, ‘नेपाली अर्थतन्त्रको इन्ट्रिग्रेटेड विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । हाम्रा उद्योगहरूका लागि कच्चा पदार्थका रूपमा आवश्यक कृषि उत्पादन देशभित्रबाट आपूर्ति गर्न सकिए हाम्रो अर्थतन्त्रको जग बलियो हुन्छ ।’

‘हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति अङ्गीकार गरेका छौँ सोही अनुसार विप्लवजीले उत्पादन गर्नु भएको आलु हाम्रो इन्डिस्ट्रियल पार्कले खरिद गरेको हो । अन्य कृषि उपजहरू पनि देशभित्रबाट आपूर्ति हुने वातावरण बनाउन यसैगरी लाग्नुपर्छ । राजनीति देशको आर्थिक विकाससँग जोडियोस्, विप्लवजीलाई धेरै शुभकामना,’ उनले भने ।

तुल्सीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार आयोजना गरेको कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु सीजी फुड्सले खरिद गरेको जानकारी दिएका थिए । आलु खरिदबारे सहकारी र सीजी फुड्सबिच गत कात्तिकमा सम्झौता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖