• Wednesday 28th of October 2026

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आवश्यक परे जेल हाल्नेसम्मको चेतावनी दिएका छन् ।

उनले पहिले ज्ञानेन्द्रको सेक्युरिटी झिकिदिने र दोस्रो शाहलाई नजरबन्दमा राख्न सकिने बताएका छन् । आज (बिहीबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दाहालले यस्तो बताएका हुन् ।

उनले आफू सरकारको नेतृत्वमा हुँदा अनुसन्धानको सुई बुढानिलकण्ड र बालकोटतर्फ नै सोझिएपछि सरकार ढाल्ने षड्यन्त्र भएको खुलासा गरे ।

उनले भनेका छन्,‘प्रधानमन्त्री केपी ओलीजीले नै एउटा कार्यक्रममा बोल्नुभयो–यदि हामीले तुरुन्तै सरकार नढालेको भए त हामीलाई नै थुन्ने स्थिति आयो भनेपछि को रहेछ भनेर बुझ्न परेन ? फेरि मेरै मुखबाट किन भन्न लगाउनुहुन्छ ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖