• Wednesday 28th of October 2026

जेलमुक्त भएका कांग्रेस नेता आलमलाई मस्तिष्काघात, आईसीयूमा राखेर उपचार जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ ।

व्यक्ति हत्या प्रकरणमा आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो । जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्कघात भएको हो ।

अहिले अन्तपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको बताइएको छ । उनलाई आज विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो ।

यसअघि उनले उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖