• Wednesday 28th of October 2026

भिजिट भिसा दुरुपयोगको अनुसन्धान गरिरहेका डीआईजी श्रेष्ठ अख्तियारमै


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका प्रहरी अधिकृतहरूको पदस्थापन हुँदा अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा पुगेका डीआईजी ओम रानालाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ।

अख्तियारमा रहेका डीआईजीलाई त्यही राखिएको छ। उनको सरुवा नभएको प्रहरी प्रवक्ता रमेश थापाले जानकारी दिए। गृह मन्त्रालयले जेठ ६ गते ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा भएका डीआईजीहरुले आजै फूली लगाएका छन्।

पदस्थापन सूचीअनुसार ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पदस्थापन गरिएको थियो। तर, भिजिट भिसा दुरुपयोगको अनुसन्धान चलिरहेका कारण श्रेष्ठलाई अख्तियारमै राखेर रानालाई उपत्यका प्रहरी कार्यालय पठाइएको हो।

एसएसपी हुँदा अख्तियारमा कार्यरत रहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖