• Wednesday 28th of October 2026

११ महिनापछि शेखर–गगनबिच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि शुक्रबा भेटवार्ता भएको छ ।

आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

यसअघि उनीहरूबिच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो । त्यसपछि बल्ल आज भेट भएको स्वकीय सचिव थपलियाले जानकारी दिए ।

पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबिच पछिल्लो समय सम्बन्धमा सौहार्दता नभएको चर्चा हुँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖