• Wednesday 28th of October 2026

म जनताको झोले हुँ, गर्व छ झोले हुनुमा :प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनता, राष्ट्र र परिवर्तनको ‘झोले’ भएको बताएका छन्। उनले आफूले कुनै सामन्त वा गलत व्यक्तिको नभई जनताको हित, राष्ट्रको गौरव र परिवर्तनको झोला बोकेको स्पष्ट पारे

शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा ‘झोले’ भनिनुमा आफूलाई कुनै आपत्ति नभएको सुनाए।

‘म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रको इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ,’ उनले भने, ‘मैले कुनै सामन्तको झोला बोक्या छैन। इतिहासलाई बंग्याएको छैन। म नेकपा (एमाले) को झोले हुँ।’

प्रधानमन्त्री ओलीले तथाकथित आलोचनात्मक चेतका नाममा सही कुराको पनि विरोध गर्ने र खोट मात्र खोज्ने प्रवृत्ति बौद्धिक चिन्तन नभएको टिप्पणी गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖