• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो।

‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्।

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्।

उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्।

‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖