• Thursday 29th of October 2026

सुनचाँदी व्यवसायीद्वारा आन्दोलन घोषणा, साउन १ गतेदेखि व्यवसाय अनिश्चितकालीन बन्द गरिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो ।

सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ ।

१. विरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने।) र अन्य रचनात्मक कार्यक्रम गर्ने ।
२. अव्यवहारिक कर नीति वारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने ।
३. अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने ।
४. जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने ।

महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रम

१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । वागमति प्रदेशको हकमा काठमाडौंमा वृहत याली सहित विरोध सभा गर्ने ।

२. सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖