• Wednesday 28th of October 2026

कांग्रेस सभापति देउवा र मेयर बालेन शाहबीच भेट


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेट भएको खुलेको छ। यो भेट शनिबार भएको बालेननिकट स्रोतले जानकारी दिएको छ।

महानगरमा कायम रहेको विवादका कारण बजेट नाअएको अवस्थामा बालेनको तारान्तार राजनीतिक दलका मुख्य नेतासितको भेट अर्थपूर्ण छ।

कायम रहेको विवाद मिलाउन मेयर बालेन आफैं तातिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको कारण महानगरमा तनाब रहेको छ।

देउवा र बालेनबीच बुढानिलकण्ठमा करिब एक घन्टा समस्या समाधानका बिषयमा कुराकानी भएको थियो।

देउवाअघि बालेनले पूर्वराष्ट्रपति तथा एमाले नेत्री विद्यादेवी भण्डारीलाई भेटेका थिए। उनले भण्डारीलाई गत विहीबार भेट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖