• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पूरै गाजा सिटी अधीनमा लिने गरी आक्रमण शुरू


  • धनकुटा खबर
  • .

इजरायली सेनाले पूरै गाजा सिटी अधीनमा लिने पूर्वनिर्धारित स्थल आक्रमणअन्तर्गत “शुरूवाती कारबाही” थालिएको र त्यसका बाहिरी भेगमाथि नियन्त्रण कायम गरिसकिएको जनाएको छ ।

सेनाका एक प्रवक्ताले बताएअनुसार आक्रमणका लागि आधार तयार पार्न फौजहरूले पहिलेबाटै जैतून र जबालिआ क्षेत्रमा कारबाही थालिसकेका थिए, जसलाई रक्षामन्त्री इसराएल कात्सले मङ्गलवार अनुमोदन गरेका थिए र त्यसलाई सेक्युरिटी क्याबिनेटमा यसै साताको अन्त्यतिर प्रस्तुत गरिने छ।

हाल खटिएका सैनिकहरूलाई फिर्ता पठाएर आक्रमणका लागि सेप्टेम्बरको शुरूतिर करिब ६० हजार जगेडा सैनिकहरूलाई बोलाउन लागिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖