लद्दाख – भारतको लद्दाख क्षेत्रमा बुधबार जेन–जी शैलीको आन्दोलन भएको छ।
आन्दोलनका क्रममा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनी भएको र चार जनाको मृत्यु भएको भारतीय मिडिया टाइम्स नाओले जनाएको छ।
अहिलेसम्म पक्राउ परेकाहरूको नाम सार्वजनिक भएको छैन, तर दुई नेपाली नागरिक पक्राउ परेका छन्। आन्दोलनका अगुवा सोनाम वाङ्चुकलाई पनि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
स्थानीय प्रशासनले घटनाको पूर्ण अनुसन्धान थालेको जनाएको छ र थप सुरक्षा कडाइ गरिने बताएको छ।
