• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायलले वर्षौंपछि मात्रै भन्यो– विपिन जोशी जीवित छैनन्


  • धनकुटा खबर
  • .

हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इस्रायलले दुई वर्षपछि मात्रै औपचारिक जानकारी दिएको छ।

इस्रायली अधिकारीहरूले आज अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई, साथै नेपालमा रहेका आफन्त किशोर जोशीलाई सम्पर्क गरी विपिन अब जीवित नरहेको बताएका हुन्। यो जानकारी इस्रायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितमार्फत पुष्टि भएको हो।

जोशीलाई हमासले २०८० असोज २३ गते किबुज आलुमिमबाट अपहरण गरेको थियो। त्यसपछि मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भए पनि त्यसपछि उनको अवस्थाबारे इस्रायलले केही खुलाएको थिएन। तर अहिले जब हमासले आफ्ना कब्जामा रहेका २० कैदी हस्तान्तरण गर्दैछ, त्यही बेला विपिनबारे ‘मृत्यु पुष्टि’ गरेको छ, जसले धेरै प्रश्नहरू उठाएको छ।

नेपालमा राजनीतिक विश्लेषक र जनसामान्यले प्रश्न गर्न थालेका छन्– के इस्रायललाई विपिनको मृत्यु पहिले नै थाहा थियो? के उनले यो जानकारी गुप्त राखी परिवारलाई दुई वर्षसम्म ‘कूटनीतिक कार्ड’का रूपमा प्रयोग गर्‍यो?

विपिनको परिवारलाई गत वर्ष इस्रायल लागेको थियो, अहिले उनीहरू अमेरिका पुगेका छन्। यसबीच इस्रायली सरकारले जोशी परिवारलाई ढाडस देखाए पनि सत्य लुकाएको आरोप उठ्न थालेको छ।

नेपालका जनताका लागि यो घटना केवल एक व्यक्तिको मृत्यु होइन, विदेशमा परेका नेपालीहरूको सुरक्षा र सत्ताधारी शक्तिले मानवीय संवेदनालाई कसरी राजनीति बनाउँछ भन्ने गम्भीर उदाहरण बनेको छ।–हिमाली पत्रिकाबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖