काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याइरहेको यूएईले दोस्रो विकेट गुमाएको हो । सन्दीप लामिछानेले यूएईका सोयब खानलाई क्याच आउट गराए ।
यो विकेटसँगै यूएईले १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ ।
