• Monday 5th of October 2026

यि हुन् लोकगायिका सुनिता दुलालकी हुनेवाला बेहुला


  • धनकुटा खबर
  • .

लोकगायिका सुनिता दुलालले आउँदो १३ मंसिरमा वैवाहिक जीवन सुरु गर्ने भएकी छन्। उनले चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका राजेश केसीसँग लगनगाँठो कस्न लागेको पुष्टि गरिन्।

रुकुम पश्चिमका स्थायी बासिन्दा राजेश पछिल्लो समय काठमाडौंमा बस्दै आएका छन्।

निर्माण व्यवसायमा सक्रिय उनले इन्जिनियरिङ अध्ययन गरेका छन्। दुलाल–राजेश दुवैले विवाहबारे विस्तृत जानकारी गोप्य राख्ने निर्णय गरेका छन्।

“हामीले प्राइभेसी कायम गर्दै सानो जमघटमै विवाह गर्दैछौँ,” दुलालले बताइन्। विवाह स्थल चाहिँ उनले खुलाएकी छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖