• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाका सम्बन्धमा भारतले दियो यस्तो प्रतिक्रिया


  • धनकुटा खबर
  • .

भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिइएको सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।

भारतमै निर्वासित जीवन बिताइरहेकी हसिनाका बारेमा भारतको विदेश मन्त्रालयले सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै बंगलादेशको अदालतबाट भएको फैसलाबारे जानकार रहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘एक निकट छिमेकीका रूपमा भारत बंगलादेशका नागरिकको हितका लागि प्रतिबद्ध छ, जसमा शान्ति, लोकतन्त्र, समावेशी र स्थिरता सामेल छ । यस दिशामा भारत सबै स्टेकहोल्डर्ससँग सदा रचनात्मक रूपमा जाडिने छ ।’

यसअघि बंगलादेशको विदेश मन्त्रालयले आफ्नो मुलुकको न्यायालयले शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको जिकिर गर्दै उनीहरूलाई कसैले शरण दिएमा अमित्र व्यवहार मानिने र न्यायको अवमाननाको गम्भीर कृत्यसमेत हुने चेतावनी दिएको थियो ।

बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘हामी चाहन्छौँ कि भारत सरकार यी दुवै दोषीलाई तत्काल बंगलादेशी अधिकारी समक्ष सुम्पियोस् । दुई देशबिच मौजुद प्रत्यर्पण सन्धि अनुसार यो भारतको दायित्व पनि हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖