• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भारतको तेजस लडाकु विमान दुर्घटनाग्रस्त


  • धनकुटा खबर
  • .

दुबई । दुबई एयरशोमा भारतीय लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । शुक्रबार दुबई एयर शोमा प्रदर्शन उडानको क्रममा विमान दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडानको क्रममा एचएएल तेजस विमान दुर्घटनामा पर्‍यो । विमान जमिनमा ठोक्किने बित्तिकै ठुलो विस्फोट भयो र केही बेरमै विमानस्थलमा कालो धुवै धुवाँ भयो ।

यस घटनामा पाइलट बाँचे कि छैनन् भन्ने स्पष्ट हुन सकेको छैन । यो आगो निभाउन ४५ मिनेट जति लागेको बताइएको छ । शो फेरि सुरु हुन्छ कि हुन्ने भन्ने पनि स्पष्ट जानकार छैन ।

दुर्घटना भएको क्षेत्रलाई सिल गरिएको छ । सबै उडान कार्यक्रम अस्थायी रूपमा रोक्का गरिएको छ । विमान किन दुर्घटनामा पर्‍यो भन्ने कुराको छानबिन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖