• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मोदीले पुटिनलाई उपहारमा दिए रूसी भाषामा अनुवाद गरिएको भागवत गीता


  • धनकुटा खबर
  • .

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेका छन्। पुटिन आइतबार बेलुकी दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गरेका थिए।

उनलाई स्वागत गर्न प्रधानमन्त्री मोदी विमानस्थलमै पुगेका थिए।
एयरपोर्टमा स्वागतपछि पुटिन र मोदी एउटै गाडी चढेर ७ लोक कल्याण मार्ग पुगेका बिबिसीले जनाएको छ। ७ लोक कल्याण मार्ग प्रधानमन्त्री मोदीको आवास हो।

मोदीले आयोजना गरेको निजी रात्रिभोजपश्चात पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको भागवत गीता उपहार दिए।

भागवत गीता उपहार दिँदै गरेको तस्बिर मोदीले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत सार्वजनिक गरेका छन्।

‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ। गीताको शिक्षा दुनियाँका लाखौं मानिसहरुलाई प्रेरणा दिन्छ,’ उनले एक्समा लेखेका छन्।

मोदी २ दिने भ्रमणका लागि भारत पुगेका हुन्। रूस-युक्रेन युद्धपश्चात पहिलो पटक पुटिन भारत गएका हुन्।

यसअघि पुटिन र मोदीबीच गत सेप्टेम्बरमा चीनमा सांघाई कोअपरेसन अर्गनाइजेशनमा आबद्ध राष्ट्रहरुका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूको सम्मेलनमा भेटवार्ता भएको थियो।

त्यसपछि पनि पुटिन र मोदीबीच कैयौं पटक फोन संवाद हुने गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।

पुटिन भारतीय समकक्षी द्रौपदी मुर्मुले बिहान ११ बजे आयोजना गर्ने औपचारिक स्वागत समारोहमा सहभागी हुनेछन्।

आजै हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच द्विपक्षीय भेटवार्ता हुनेछन्। पुटिन शुक्रबार राति ९ बजे मस्को फर्कनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖