• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

समय अगावै कार्यालय पुग्ने कर्मचारी बर्खास्त, अदालतको निर्णय पनि कम्पनीकै पक्षमा !


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्पेनको एलिसान्टे सहरमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ एक डेलिभरी कम्पनीले समयभन्दा अगाडि कार्यालय आउने बानीका कारण महिला कर्मचारीलाई बर्खास्त गरेको छ ।

कम्पनीको कार्य समय बिहान ७:३० बजे सुरु हुने भए पनि ती कर्मचारी दैनिक ६:४५ देखि ७:०० बजेसम्म नै कार्यालय पुग्ने गर्थिन् । कम्पनीका अनुसार यो व्यवहारले अन्य कर्मचारीलाई असहज बनाएको थियो र कार्यस्थलमा अनावश्यक दबाब तथा अवरोध सिर्जना भएको थियो ।

सन् २०२३ मा उनलाई लिखित चेतावनी दिइए पनि उनले आफ्नो बानी परिवर्तन नगरेपछि कम्पनीले उनलाई निर्देशन नमान्ने र नियम विपरीत व्यवहार दोहोर्‍याउने आधारमा जागिरबाट हटायो।

बर्खास्तगीविरुद्ध दायर मुद्दामा न्यायालयले पनि कम्पनीकै पक्षमा फैसला गर्दै कर्मचारीको बारम्बार चेतावनी अवज्ञालाई गम्भीर अनुशासनहीनता मानेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖