• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै गुटभित्रै एक्लिए देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना विश्वासपात्रहरूबीचमा नै एक्लिन थालेका छन् । पर्सीदेखि सुरु हुने विशेष महाधिवेशनलाई काउन्टर दिन अरु कार्यक्रम राखेको भन्दै उनका विश्वासपात्रहरू नै सभापतिसँग असन्तुष्ट बनेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूलाई विश्वासमा लिएर पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने अभिभावकीय जिम्मेवारीमा रहेका सभापति नै फरक विचार राख्नेहरूसँग भिड्न खोजेको भन्दै संस्थापन समूहभित्रै केही नेताहरूले असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार असन्तुष्ट नेताहरूले आफ्नो कुरा सभापतिलाई पनि बताएका छन् । उनीहरूले हिजोको कार्यसम्पादन समिति बैठकमा र हिजै सभापतिको निवासमा भएको छलफलमा समेत राखेका थिए । उनीहरूले युवा भेला, जिल्ला सभापतिहरूको भेलाको नाममा जिल्लाबाट नेताहरूलाई बोलाउँदा उनीहरू नै वोशेष महाधिवेशनमा सहभागी हुने भन्दै असन्तुष्टी जनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖