• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ओलीसँग चुनाव लड्ने तयारी गरेका बालेनले भने: हामी आउँदै छौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– ‘शुभकामना सबैलाई ! हामी आउँदै छौँ !

मेयर शाहले आफ्नो पोस्टको सन्दर्भ स्पष्ट नपारे पनि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयाससँग जोडेर यसलाई हेरिएको छ । यस्तै, उनको लेखाइको सारअनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई पनि संकेत गरेको बुझ्न सकिन्छ ।

आजै नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष जोडबलमा महाधिवेशन गरेको छ । मेयर शाहको यो पोस्ट नेपाली कांग्रेसको उक्त विशेष महाधिवेशनलाई लक्षित हुन सक्ने अनुमान पनि गरिएको छ ।

उनको छोटो तर अर्थपूर्ण स्टाटसले आगामी दिनमा रास्वपा र नेपाली राजनीतिमा केही प्रभाव पार्न सक्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖