• Sunday 4th of October 2026

हृदयघातबाट बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र


  • धनकुटा खबर
  • .

हृदयघातबाट बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र

१.तौल र रक्तचाप नियन्त्रण गरौं।

२.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।

३.कोलेस्टोरको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।

४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।

५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।

तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖