• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले रातोपाटीलाई जानकारी दिए ।

टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराज पुगेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा दुवै समूह आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।

दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।

यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖