काठमाडौ । जेन–जी अगुवा सुदन गुरुङले दमक भ्यु टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
करिब १.५ अर्ब रुपैयाँ करदाताको लगानी भएर पनि प्रयोगविहीन रहेको संरचनालाई क्षेत्रीय अस्पताल वा नर्सिङ तथा प्यारामेडिकल कलेजका रूपमा विकास गरी जनताको सेवामा लगाउन सकिने उनको भनाइ छ।
भ्यु टावरभन्दा सेवा र जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अब सोच र प्राथमिकता परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
