• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगनलाई भावी प्रधानमन्त्री तोक्न अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ ।

८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।

महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हा ।

यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।

यसैगरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖