• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राजु पाण्डेले रास्वपाबाट काठमाडौँमा चुनाव लड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले जानकारी दिए ।

उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।

उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् । ‘ म मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु । काठमाडौँकै कुनै क्षेत्रबाट लड्छु क्षेत्र फिक्स भइसकेको छैन,’ पाण्डेले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖